सन्थाल समुदायको अधिकार स्थापित गरेरै छाड्ने छु ः नेता सिटौला
राजगढ, झापा । नेपाली काङ्ग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य झापा क्षेत्र नम्बर ३ का उम्मेद्वार कृष्णप्रसाद सिटौलाले सन्थाल समुदायको उन्नतिका लागि प्राथमिकताका साथ काम गर्ने बताउनु भएको छ ।
झापाको राजगढमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले पूर्वी नेपालका झापा ,मोरङ र सुनसरीमा रहेका सन्थाल समुदायको जीवनस्तर उकास्ने खालका उपयोगी कार्यक्रम ल्याएर सम्बोधन गर्न आफू निरन्तर लागिरहने बाचा गर्नु भएको हो ।
अहिलेसम्म पनि राज्यबाट उपेक्षित भइरहेका सन्थाल समुदायका परिवारले दोस्रो दर्जाको नगरिकको अवस्थाबाट मुक्त नभइ समाजवादको अनुभूति नहुने भन्दै काँग्रेसका पूर्व महामन्त्री सिटौलाले निर्वाचनपछि बन्ने सरकारले सन्थालका सवै पीडा र समस्या हल गरेरै छाड्ने प्रष्ट पारे । नेता सिटौलाले सन्थालको हकहित र नागरिकता जस्ता विषय सम्बोधन गरेरै छाड्ने प्रष्ट पार्नु भएको छ ।
बाह्रदशी गाउँपालिका अन्र्तगत राजगढ बजारमा सन्थाल समुदायले आयोजना गरेको जेष्ठ सन्थाल आमाबुबा संमान तथा सन्थाल सास्कृतिक कार्यक्रममा नेता सिटौलाले गणतन्त्रवादीलाई मतदान गर्न समेत आह्वान गरेका थिए ।
नेपालको राजनीतिक आन्दोलनमा सन्थाल समुदायको महत्वपूर्ण भूमिका रहेको प्रष्ट पार्दै लोकतन्त्रको रक्षा र गणतन्त्रको सस्थागत विकासमा सन्थाल समुदायले खेलेको भूमिकाको राष्ट्रले संम्मान गर्ने समेत बताए ।
सो कार्यक्रममा प्रदेश सभा सदस्य पदका उम्मेद्बार पूर्णप्रसादसिंह राजवंशी, संविधान सभा सदस्य मोहन टुडु , सन्थाल समुदायका अग्रज शिक्षक बडाराम हेमरम लगायतले मन्तव्य राख्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देशमा सन्थालको अस्तित्व रक्षा हुनु पर्ने धारणा राख्नु भएको थियो ।