महामन्त्री शर्मा र पूर्व महामन्त्री सिटौलाले एउटै मञ्चबाट भोट मागे

भद्रपुर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काग्रेस नेता तथा झापा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेदवार कृष्णप्रसाद सिटौला २०४६ को परिवर्तनदेखि २०६२/०६३ को परिवर्तनसम्मका महत्वपूर्ण उपलब्धीका अविस्मरणीय व्यक्तित्व भएको प्रष्ट पारेका छन् ।

चुनावी सभा अन्र्तगत झापा क्षेत्र नम्वर १ र ३ मा पर्ने भद्रपुर नगरपालिकाका ७, ८, ९ र १० नम्वर वडाका मतदाता लक्षित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले निरङ्कुशता र अशान्तिले आक्रान्त नेपालमा शान्ति तथा जनमैत्री शासनका लागि महत्वपूर्ण योगदान दिएका सिटौलाको राष्ट्रिय राजनीतिमा अभिभावकीय भूमिका रहेकोले वर्तमान व्यवस्था बिरोधी परास्त गर्दै सिटौलालाई मतदान गर्न झापा ३ का मतदातालाई अनुरोध गरेका छन् ।

झापा ३ का मतदातालाइ्र्र स्मरण गराउादै शर्माले सिटौलाले तत्कालीन विद्रोही माओवादीसँग बाह्रबुँदे सहमति, शान्ति प्रक्रिया, संविधान निर्माण जस्ता महत्वपूर्ण काम गरेर देशलाई आवश्यक पर्दा भूमिका खेलेको भन्दै झापा ३ को उन्नतिका लागि पूर्वपश्चिम हुलाकी सडक, उत्तरदक्षिण मेची राजमार्ग निर्माण पनि सिटौलाले संसद भएकै बेला गरेको पहलमा सम्पन्न भएको प्रष्ट पारेका छन् ।

उनले विश्वप्रकाश र सिटौलाको मेलमिलाप छैन भन्ने भ्रम छरेर काँग्रेसका मतदाता भड्काएर चुनाव जित्ने सपना पाल्नेहरू अब सफल नहुने भन्दै काँग्रेसमा सिटौला जस्ता अग्रज नेता अभिभावक भएर पार्टीको रेखदेख गर्दै देश र समाजको उन्नतिमा लाग्ने समेत बताएका छन् ।

शर्माले सदरमुकाम रहेको चन्द्रगढीसित जन्मेको ६ महिनादेखि सम्बन्ध गाँसिएको भन्दै यहाका मतदाताको मन जितिसकेको स्मरण गरे । उनले झापा १ कै माटोमा जन्मिएर हुर्किएको विश्वप्रकाश यहीको माटोलाई केही न केही देन दिएरै छोड्ने अठोट व्यक्त गरेका छन् । शर्माले सन्सार चल्न त गठबन्धन चाहिन्छ भने व्यवस्था बचाउन र सिंहदरवारदेखि जनताका घर आागनसम्म रहेका सरकारी सम्यन्त्र सुधार्न प्रगतिशील गठबन्धन निर्माण भएकाले दाया बाँया नहेरी गठबन्धनमा मतदान गर्न सवैसित अपील समेत गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका पूर्व महामन्त्री एवम् नेता कृष्णप्रसाद सिटौलाले अबको काँग्रेस विश्वप्रकाशहरूको काँधमा गएको भन्दै यस पटक विश्वप्रकाशले संसद भवन छिर्नै पर्ने बताएका छन् ।

नेता सिटौलाले आफू झापा काँग्रेसको नेतृत्वमा रहँदा युवा विद्यार्थीको मोर्चा सम्हालेर नेपाली काँग्रेसलाई झापामा गतिशील बनाउन विश्वप्रकाशले रगत पसिना बगाएको स्मरण गर्दै यस्ता क्षमतावान युवा नेता झापाका लागि मात्र नभएर नेपाल देशका लागि नै अपरिहार्य रहेकाले झापा १ का मतदाताले यस पटक विश्वप्रकाशलाई जिताउनै पर्ने बताएका हुन् ।

उनले भने विश्वप्रकाशहरूमा जोस छ, जाँगर छ अनि क्षमता र अब्बल विवेक पनि छ । त्यसैकारण यिनीहरूले अवसर पाए देशले चाहेको प्रगति गर्न सक्छ भन्दै सिटौलाले विश्वप्रकाश पार्टी र देशको अवको आवश्यकता रहेकाले सवै मिलेर विजयी गराउन मतदातासित अनुरोध समेत गरेका छन् ।

सिटौलाले भर्ने झापा ३ को विकासका लागि ग्रामीण सडक, खानेपानी, कृषि सडक सञ्जालका लागि बनियानी पाठामारी, केचना रिङरोड, पथरिया घेरावारी, जलथल सडक जस्ता आधादर्जन बढी सडक सञ्जाल आफ्नै कार्यकालमा सुरू गरेर निर्माण सम्पन्न नहुञ्जेल खवरदारी गरिरहेँ भन्दै सर्वदलीय सहमतीमा गणतनत्र नेपालको स्मारकका रूपमा निर्माण सुरू गरिएको गिरिजाप्रसाद स्मृति सभाहलको काम तत्कालिन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले रोकेकोमा दुःख समेत वयक्त गरेका छन् ।

उनले भने एमाले नेतृत्वले राजतन्त्रवादीलाई बोकेकोमा अचम्म मान्दै झापाबाट जन्मेको पार्टी एमालेले मण्डलेबाट भोगेको दमन तथा २०४६ सालदेखि २०६२–६३ को आन्दोलनसम्ममा भद्रपुरमा सयौं मानिस घाइते भए । दुई जना त शहीद नै भए । यस्तो सहादत प्राप्त गरेको ठाउँमा एमालेले फेरि राजतन्त्रवादीलाई नै समर्थन गर्ने गल्ती दोहो¥याएकोले मतदाताले सच्याउनु पर्ने बताए ।

सिटौलाले —२००७ सालको परिवर्तनको मौलिक उपलब्धि भनेको लोकतन्त्र थियो । त्यस्तै अहिले २०६३ को परिवर्तनको मौलिकता चाहिं गणतन्त्र हो भन्दै यत्रो परिवर्तन ल्याउन भूमिका खेल्ने शक्तिले राजतन्त्र पक्षधरलाई पटक–पटक बोक्नु वर्तमान संविधान तथा परिवर्तित व्यवस्थाका लागि राम्रो संकेते नभएको प्रष्टपारेका छन् ।

सिटौलाले —यस पटको चुनावमा संविधानको रक्षा, देशको विकास, जनताको आर्थिक प्रगति र समृद्धि मुख्य मुद्दा रहेको भन्दै एमाले र माओवादी एकताबद्ध भएर ठूलो कम्युनिस्ट बनाए पनि उनीहरूको आन्तरिक खैलाबैलाले देशमै समस्या आएकोले देशले प्रगति हासिल गर्न नसकेको स्पष्ट पारेका छन् ।

सिटौलाले वर्तमान गठबन्धन तत्कालको आवेश नभएर परिवर्तित व्यवस्था र अग्रगमनको रक्षाका लागि रहेकाले गठबन्धनका सवै उम्मेदवारलाई इमान्दार भएर मतदान गर्न सवै कार्यकर्ता तथा मतदातासित अनुरोध समेत गरेका छन् ।

कार्यक्रममा झापा १ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार श्वामबीर लिम्बूले २०६२÷०६३ को जनआन्दोलनले ल्याएको उपलब्धी उल्ट्याएर प्रतिगमनको बाटोमा लाग्नेहरूलाई यस निर्वाचनले आँधीवेरीले भैं बडार्नु पर्ने बताएका छन् । उनले हिजो हामी रैति थियौं, त्यसैकारण टोल टोलमा मालिकहरूको बिगबिगी भयो भन्दै आज हामी स्वतन्त्र नागरिक छौं, त्यसैले टोलटोलमा थिचोमिचो छैन । यसैकारण अग्रगमनमा अधिकार सम्पन्न हुन पाएको गौरव बचाउन पनि गठबन्धनलाई मतदान गर्न सवैसित अनुरोध गर्दै लिम्बूले संघीयता मास्ने, धर्मनिरपेक्षता खोस्ने र राजतन्त्र पुनस्थापन गर्ने प्रतिगमनका मतियार बडारिनै पर्ने समेत प्रष्ट पारेका छन् ।

यसैगरी झापा ३ (क) का उम्मेदवार भूमिप्रसाद राजवंशीले समानुपातिक सह अस्तित्व सहितको समावेशीकरणको प्रगतिशील व्यवस्था संरक्षणका लागि गठबन्धनका उम्मेदवारले जित्नै पर्ने बताएका छन् । वर्तमान संविधान मासेर निरङ्कुशता लाद्न चाहने प्रतिगमनकारी भएको भन्दै समाजवादी व्यवस्थाको सही गति दिन गठबन्धनको विकल्प नरहेको प्रष्ट पारेका छन् ।