कृष्णप्रसाद सिटौलालाई नैै भोट किन ? क्षेत्र नं. ३ का मतदाताले मनन्योग्य तथ्य
भद्रपुर । झापा क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यको उम्मेदबार हुन कृष्णप्रसाद सिटौला । उनको प्रतिस्पर्धीका रुपमा लोकतान्त्रिक गणतन्त्रवादी नेकपा एमालेले, राप्रपाका राजावादी राजेन्द्र लिङ्गदेनलाई खडा गरेको छ । राजेन्द्र नेपालको संबिधानरुपि घरभित्र, गणतन्त्रवादी नेकपा एमालेको काँधमा चढेर खडा भएका उम्मेदवार हुन् । यो सत्य तथ्य क्षेत्र नं. ३ का सवै मतदातालाई थाहा भएकै कुरा हो । उनको आशय एवम् लक्ष हो, बर्तमान संबिधानरुपि घरलाई भत्काउने र लोकतान्त्रिक गणतन्त्रलाई मासेर राजतन्त्र स्थापना गर्ने । यो कुरा लिङ्गदेनले सार्वजनिक रुपमै बारम्बार उद्घोष गर्दै आएका छन् । लिङ्गदेनले सार्वजनिक रुपमा गरेका त्यस्त उद्घोष क्षेत्र नं. ३का मतदाताले सुनेकै छन् ।
यता कृष्णप्रसाद सिटौला, बर्तमान लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधानको मसौदाकार हुन् । जुन संबिधानले नेपालका सीमान्तकृत,गरीव, बिपन्न, जनजाति एवम् बिभिन्न जातजाति सवैलाई सार्वभौमसत्ता सम्पन्न एवम् अधिकारयुक्त नागरिक बनाएको छ । संबिधानमा तीन तहको गणतन्त्रात्मक संघीय संरचनाको ब्यबस्था गरेको छ । जस्मा प्रत्येक नारिकलाई सार्वभौमसत्ता सम्पन्न र सर्वाधिकारयुक्त तुल्याउन सिंहदरवारको अधिकार स्थानीय तहमा प्रत्यायोजन गरेको छ । तर दुर्भाग्यबस् त्यो कार्यन्वयन हुन सकेको छैन ।
प्रतिनिधि सभा सदस्य कानुन् निर्माण गर्ने निकाय हो । बिगतको ५ बर्षका लागि प्रतिनिधि सभा सदस्यमा निर्वाचित जन प्रतिनिधिले कानुन् निर्माण गरेर संबिधान प्रदत्त अधिकार जनताताई दिलाउन असमर्थ रह्यो । क्षेत्र नं. ३ बाट गत निर्वानमा बिजयी लिङ्गदेन त, बर्तमान संबिधानलाई भत्काएर राजतन्त्र स्थापना गर्ने लक्ष बोकेका ब्यक्ति भएकाले संबिधान प्रदत्त अधिकार जनताताई दिलाउने पक्षमा लाग्ने कुरै भएन । त्यति मात्र नभएर, क्षेत्र नं. ३ मा लिङ्गदेनको कार्यकालमा शिक्षा, स्वास्थ्य, यातायात लगायतका कुनै पनि जनहीतका बिकास योजना आउन सकेनन् ।
आगामी मंसिर ४ गते सम्पन्न हुने निर्वाचनमा, निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राजेन्द्र लिङ्गदेनको उद्देश्य र लक्ष प्रष्ट भएकै छ । त्यसमा कुनै शंका नै छैन । यता अर्का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद सिटौलाले हालै सम्पन्न एक पत्रकार भेटघाटमा भने्, ‘ २०४८ देखि म क्षेत्र नं. ३ बाट निर्वाचनमा लगातार उम्मेदवार बन्दै आएको छु । पहिलो सम्बिधान सभा सदस्यको निर्वाचनमा पराजित भएँ । त्यो संबिधान सभा निर्वाचनमा बिजयी भएर गएका सदस्यले देशलाई संबिधान दिन सकेन । त्यो कार्यकाल पछि पुनः सम्बिधान सभा सदस्यको निर्वाचन भयो । म फेरि उम्मेदवार बने । उम्मेदर बनेर मत माग्न मतदाता समक्ष जाँदा, अधिकांश मतदाताले एउटै प्रश्न गरे, खालि संबिधान सभाको निर्वाचन मात्रै गराउने कि संबिधान पनि बनाउने ? जवाफमा मैले भने, मलाई बिजयी गरेर पठाउनु होस्, म संबिधान बनाएरै छाड्छु । मतदाताले मलाई बिजयी गराए । मैले पनि आँफै संबिधानको मसौदाकार रहेर संबिधान बनाए । तर बिडम्बना के भयो भने, संबिधानमा प्रदत्त जनअधिकार प्रत्याभूत गर्ने समयमा पुनः मेरो सट्टा संबिधान बिरोधीलाई निर्वाचनमा जिताए मतदाताले । फलस्वरुप जनता संबिधान प्रदत्त अधिकारबाट बन्चित भएका छन् ।’
सोही अवसरमा सिटतैलाले भने, ‘संचारकर्मीले निष्पक्ष भएर समाचार सम्प्रेषण गर्नु पर्छ । पत्रकारिताको मर्यादालाई नाघेर संचार क्षेत्रलाई कलङ्कित पार्नृु हुँदैन । मलाई बिजयी गराउन सवै तह, तप्का र आस्थाका संचारकर्मीसंग अनुरोध छ । म बिजयी भएर गए पछि जसरी संबिधान बनाउन लागिपरें त्यसरी नै संबिधान प्रदत्त जनाधिकार सुनिश्चितताका लागि लागिपर्ने छु । क्षेत्र नं. ३मा आधा अधुरा योजनाको निर्माण सम्पन्न गराएर, नयाँ योजनाहरुको लहर ल्याउने छु ।’