गीतकार शालिकराम दाहालको बाल गीत कोपिला आउँदै

भद्रपुर । गीतकार शालिकराम दाहालले रचना गरेको बाल गीत कोपिला भिडियो सहित तयार भएको छ ।

सेन्ट जेभियर स्कुल विर्तामोड ८ देउनियाका नेपाली भाषा शिक्षक समेत रहेका गीतकार दाहालले बालबालिकाको सम्बन्ध अभिभावक, विद्यालय र शिक्षकसित निकट बन्न सके उज्वल भविष्य निर्माण हुने सन्देशका साथ गीत तयार पारेका हुन् ।

झापाली संगीतकार तारावीर पाण्डेको संगीत तथा भ्वाइस अफ नेपाल किड्स सिजन १, २०२१ का उपविजेता सुप्रिम मल्ल ठकुरी र अनुजा कडरियाको स्वरमा तयार भएको गीतको भिडियो सेन्ट जेभियर्स स्कुल विर्तामोड ८ देउनियाको प्राङ्गडमा छाँयंकन गरेर तयार पारिएको छ ।

गीतकार दाहालका अनुसार गीत रचनाको मूल भाव विद्यालय, शिक्षक र अभिभावकसंग बालबालिकाको सम्बन्ध सुमधुर बन्दा बालबालिका असल बाटोमा लाग्न प्रेरित हुने छन् । उनका अनुसार विद्यालय परिवारको मायालु वातावरण नै बालबालिकाको उज्यालो दिन हुने अपेक्षा गीतले समेटेको छ ।

गीतकार दाहालका अनुसार अडियो, भिडियो नै आफ्नै युटुव च्यानल मार्फत सार्वजनिक गर्ने गरी तयारी भइरहेको छ । हार्मोनी रेकड्र्स काठमाण्डौमा रेकर्डिङ्ग गरिएको गीत ८० हजार खर्चमा तयार भएको छ ।