मोवाईल फोन खरिद गरेको १३ लाख फिर्ता गर्न बुद्धशान्ति गाउँपालिकालाई महालेखाको निर्देशन

भद्रपुर । बुद्धशान्ति गाउँपालिकाका निवर्तमान जनप्रतिनिधिका लागी मोबाइल फोन खरिद गर्दाको खर्च १३ लाख ९ हजार रुपैयाँ फिर्ता गर्नुपर्ने भएको छ।
स्थानीय तह निर्वाचन २०७४ बाट निर्वाचित अध्यक्षमा रमेशकुमार भुजेल र उपाध्यक्षमा मिरा भुर्तेल निर्वाचित थिए।

पदाधिकारी तथा कर्मचारीले नियम विपरीत पालिकाको कोषबाट किनेको स्मार्ट फोनको रकम फिर्ता गर्नुपर्ने महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ।

महालेखा परीक्षकको कार्यालयले २०७८/७९ को प्रतिवेदनमा मोबाईल फोन खरिद गर्न खर्चिएको उक्त रकम नियम विपरीत रहेको ठहर गरेको हो।

सो रकम पालिकाको कोषमा फर्काउनसमेत कार्यालयले निर्देशन दिएको छ ।