बाढीबाट ५ पालिकाका १८६ परिवार बिस्थापित

भद्रपुर । लगातारको बर्षाका कारण झापा जिल्ला जलमग्न भएको छ । बिशेषगरी झापाका दक्षिणबर्ती क्षेत्र कनकाई, रतुवा, बिरिङ्ग र मेची नदीका तटबर्ती ईलाका बढी प्रभावित बनेका छन् । जिल्ला रेडक्रस सोसाइटि झापाको बिपद ब्यबस्थापन शाखाले जनाए अनुसार, भद्रपुर नगरपालिका, शिवसताक्षी नगरपालिका, गौरादह नगरपालिका, गौरीगन्ज गाउँपालिका रबाह्रदशी गाउँपालिकाका १८६ परिवारका ८९७ जना बाढीका कारन बिस्थापित भएका छन् ।

जसअनुसार, भद्रपुर नपामा २६ परिवारलाइ उच्च स्थानमा सारिएको, शिवसताक्षी नपाका ३३ परिवारलाई त्रिभुवन माविमा, गौरादह नपाका २२ परिबारलाइ उच्च स्थानमा, गौरीगन्ज गापाका ४५ परिबारलाई छिमेकिका घरमा एवम् रामजानकी मन्दिरमा, र बाह्रदशी गापाका ६० परिवारलाई दक्षिणेश्वर मन्दिरमा सारिएको छ । बाढीबाट अहिलेसम्म मानवीय क्षति भएको पाईएको छैन ।

यसैवीच, भद्रपुर नपा ८ नं सुकुम्बासीबस्तीमा नेपाल रेडक्रस सोसाईटी झापा बाट १२ थान त्रिपाल वितरण गरेको जनाएको छ ।