भद्रपुर ३ को समृद्धिका लागि उम्मेदवारी शमशेर तामाङ

भद्रपुर । झापा सदरमुकाम समेत रहेको भद्रपुर नगरपालिका भित्रकै विकट वडाका रूपमा भद्रपुर ३ पर्दछ । मेची नदी र देउनिया खोलाको कटान प्रभावित क्षेत्र भित्र पर्ने यस वडामा आदिवासी, जनजाति बाहुल्य बसोबास समेत रहेको छ । राज्य पुनर संरचना पूर्व यस वडामा पर्ने अधिकाम्स क्षेत्र महेशपुर गाविसमा पर्दथ्यो । मेची नदीको वारि र पारि गरेर विभक्त यस वडामा रहेका अधिकाम्स बासिन्दा कृषि कर्म गरेर जीविका चलाउने गर्दछन् । मेची वारिका बासिन्दालाई तुलनात्मक रूपमा पारिका बासिन्दाभन्दा केही सहज जीवन भए पनि मेची पारि घर रहेका अधिकाम्स नागरिकलाई नेपाली हुँ भन्न समेत कठिनाइ छ किन कि जीवन गुजराका क्रममा नेपालमाभन्दा भारतमा बढी आश्रित हुनु पर्ने बाध्यता छ ।

राज्य पुनर संरचनापछि भद्रपुर नगर तथा सो वडाको नेतृत्व लिएका जनप्रतिनिधिले समग्र रूपमा भद्रपुर ३ को समृद्धिको यात्रा तय गर्न सकेनन् । चुनावी अभियानमा गरेका बाचाहरू आधा पनि पूरा गर्न सकेनन् अर्थात भद्रपुर ३ भित्रका मुख्य समस्या जिउकातिहुँ छोडिदिएका छन् । शिक्षा, स्वास्थ्य, पिउने पानी, ग्रामीण सडक स्तरीकरण, कृषि तथा पशुपालन व्यवसाय प्रर्वधन जस्ता नागरिकका सरोकारसित प्रत्यक्ष सम्बन्ध राख्ने विकासले नागरिकको चाहना अनुसार गति पाउन सकेन । युवा प्रोत्साहन, बालबालिका संरक्षण, कृषि उपजको सुरक्षा, बजारीकरण र व्यवसायको सुरक्षाका लागि समेत नेतृत्वले विभेदरहित कार्य सम्पादन गर्न सकेन । जसको परिणाम भद्रपुर ३ को समृद्धिको ढोका खुल्नै सकेन । श्रमजीवि कृषक, मजदुरहरूको बाक्लो बस्ती मानिएको यस वडाको मुहारले पछौटेपनबाट फर्कने अवसर समेत नपाएपछि यहाँका बासिन्दा स्थानीय सरकारप्रति आश भन्दा निराशा पालेर बस्न बाध्यछन् ।

भद्रपुर ३ भित्रका समस्या पहिचान गरिरहेका सामाजिक व्यक्तित्व ३८ वर्षीय शमशेर तामाङ वडाको मुहार फेर्न युवा जोस लिएर यस निर्वाचनमा होमिएका छन् । विकट बस्ती कै पहिचान बोकेको सूर्यनगरका बासिन्दा तामाङ समाजको उन्नतिका लागि रातदिन लागिपरिरहेका युवा हुन् । १४ वटा टोल भित्र समेटिएको सो वडामा मेची नदीपारि १६४ घर परिवारको बस्ती रहेको छ । नदी, खोला र खोल्सीहरूको घेराबन्दीमा घेरिएको यस वडामा आर्थिक विपन्नताले समेत नराम्ररी गाँजेको अवस्था छ । श्रमजीवि सर्वहारा वर्गको उन्नतिमा समर्पण गरिरहेका तामाङ गठबन्धनका तर्फबाट वडाध्यक्षको उम्मेदवार छन् । गत निर्वाचनमा नेकपा एमालेले जीत हात पारेको यस वडाको मुहार फेर्ने अवसर नेतृत्वले गुमाइ सकेको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसको साझा उम्मेदवार तामाङ सोही वडामा रहेर स्थानीयका समस्या हलका लागि संघर्ष गरिरहेका व्यक्त्वि हुन् ।

सूर्यनगरलाई खेकुदको हव बनाउने अभियानको नेतृत्व समेत लिएर दशकयता खेलाडी उत्पादन, खेलको विकास र दुव्र्यसनमुक्त युवा जमात बनाउने कार्यमा सफल तामाङ मानवीय सेवामा सर्मपित व्यक्तित्वमा पर्दछन् । सादा जीवन उच्च विचार पालेका उनी भद्रपुर ३ को मुहार फेरेर समृद्ध वडा बनाउने कार्योजना सहित चुनावी प्रतिष्पर्धाको मैदानमा छन् । विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व समेत सफलता पूर्वक गरिसकेका तामाङ सरकारी विद्यालयको सुधारका लागि अभियान चलाइरहेका छन् । भद्रपुर ३ स्थित अरनिको माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी लिएका तामाङले विद्यालयको शैक्षिक उन्नतिमा समेत अविस्मरणीय योगदान दिएका छन् ।

उनी आफ्नो उम्मेदवारी बारेमा भन्छन्—विगत लामो समय देखि खेलकुद, समाजसेवा र विभिन्न सघं संस्था सञ्चालनको अनुभव बटुल्दै यस भद्रपुर नगरपालिका वडा न ः ३ को समग्र विकास, समृद्वि, शान्ति, उन्नति, प्रगति एवं आम वडा वासीको जीवनमा उन्नत जीवनशैलीको अभाष दिलाउन भष्टाचार रहित प्रारदर्शी कार्य सम्पादनलाई आत्मसाथ गर्दै भद्रपुर ३ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएको बताउँछन् ।