सहारा नेपालले वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको छ

भद्रपुर । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. को २७ औं वार्षिक उत्सवको अवसरमा चन्द्रगढी सेवा केन्द्रको कार्यालयमा वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा २ उद्यमी सदस्यहरु रुविना थापा र लिला कुमारी चौधरीलाई प्रशंसा पत्र एवम् नगद एक हजारले स्वागत सम्मान तथा ऋण लिएका सदस्यको वा सदस्यका पति÷पत्नीको देहावसान भएको अवस्थानमा सहकारीले सो सदस्यको ऋण मिना गर्ने गरेको जानकारी गराउदै सदस्य गंगा मगरलाई ९० हजार, स्व. सदस्य रामकुमारी दासका पति फडिन्द्र दासलाई ३० हजार, सदस्य चिन्ता मणीलाई २० हजार र स्व. सदस्य लक्ष्मी देवी चुडालका वहिनी रमा चुडाललाई रु. २ लाख ३० हजार ऋण मिनाहा गरिएको थियो ।

सहारा नेपाल चन्द्रगढी सेवा केन्द्र उपसमितिका संयोजक खेमराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता भद्रपुर नगरपालिका प्रमुख जीवन कुमार श्रेष्ठले गर्नु भएको थियो ।

यसै गरी आतिथिमा समाज सेवी गणेश पोखरेल, राधा कार्की, रेखा अधिकारी, बाबुराम पराजुली, भद्रपुर १० नं. वडा सदस्य तुलसी पोखरेल, नेपाल रेडक्रस सोसाईटी उपशाखा हल्दिवारीका अध्यक्ष कर्णखर प्रसाई रहनु भएको थियो ।

चन्द्रगढी सेवा केन्द्रका कर्मचारी रमिता गुरुङ्गले स्वागत मन्तव्य राखेको कार्यक्रममा शाखा प्रमुख कल्पना देवी मिश्रले शाखाको गतिविधि बारे जानकारी गराएका थिए, भने कार्यक्रम संचालन शेयर सदस्य विगम श्रेष्ठले गरेका थिए ।