राष्ट्र सेवक सहकारीको २३ औं स्थापना दिवसको अवसर पारेर उत्कृष्टलाई सम्मान गरियो

भद्रपुर । राष्ट्र सेवक सहकारी संस्था लिमिटेड भद्रपुर १० झापाको २३ औं स्थापना दिवसको अवसर पारेर विभिन्न उत्कृष्ट शेयर सदस्यहरूलाई सम्मान गरिएको छ ।

सहकारीका अध्यक्ष वशिष्ठ अधिकारीको अध्यक्षता तथा प्रदेश १ का प्रदेश सभा सदस्य बसन्तकुमार बानियाको प्रमुख आतित्थ्यमा संस्थाका जेष्ठ सदस्य, उत्कृष्ट शेयर सदस्य र बाल बचत कार्तालाई सम्मान गरिएको हो ।

कार्यक्रममा जेष्ठ सदस्य सम्मानबाट भद्रपुर ७ का वडाध्यक्ष विनोदप्रसाद पोखरेल र इन्दिरा श्रेष्ठलाई सम्मान गरिएको छ भने उत्कृष्ट शेयर सदस्य सम्मानबाट ईश्वरलाल कर्ण, प्रेमकुमारी तुम्सिहाङ, मुक्तिनाथ ओझा, कृष्ण रूचाललाई सम्मान गरिएको थियो । यसैगरी १० वर्ष मुनिका ४ जना र १० वर्षमाथिका ४ जना बाल बचत कर्तालाई समेत सम्मान गरिएको छ ।

७९१ जना शेयर सदस्य रहेको संस्थाले वार्षिक ९ करोड बढीको कारोवार गरिरहेको संस्थाका उपाध्यक्ष डिल्ली ढकालले स्वागत गरेको कार्यक्रममा भद्रपुर नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठ, सहकारी संघ झापाका सहसचिव कृष्णप्रसाद मिश्र, सम्मानित व्यक्तित्व विनोदप्रसाद पोखरेल र निजामती कर्मचारी संगठन झापाका अध्यक्ष केदार पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए भने सञ्चालन सचिव नवराज पोखरेलले गरेका थिए ।