भद्रपुर वडा स्तरीय भलिबल प्रतियोगाको सेमिफाइनल र फाइनल आज

भद्रपुर । भद्रपुरमा जारी प्रथम रात्रिकालीन वडा स्तरीय नकआउट भलिबल प्रतियोगितामा आज सेमिफाइनल र फाइनल खेल हुँदैछ ।  भद्रपुर– ५ स्थित भद्रपुर युवा परिवारको आयोजनामा भद्रपुर उच्च माविको खेल मैदानमा आयोजित पहिलो सेमिफाइनल खेल वडा नम्बर ६ र ५ बिच हुँदैछ भने दोस्रो सेमिफाइनल खेल वडा नम्बर ३ र ४ बिच हुँदैछ ।

सेमिफाइनलमा विजयी टिमले फाइनलमा उपाधिका लागि भिड्ने छ । मंगलबार राती चार खेल भएको थियो । पहिलो खेलमा वडा नम्बर ८ ले वडा ७ लाई २५-१८, २१-२५ र २५-१६ मा पराजित गरेको थियो ।

वडा नम्बर १० ले वडा ९ लाई २५-१६ र २५-२१ को सोझो सेटमा पराजित गरेको थियो । त्यस्तै वडा नम्बर ३ ले वडा ८ लाई २५-१७ र २५-१९ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । वडा नम्बर ६ ले वडा १० लाई २५-२१, २३-२५ र २५-१९ मा पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । प्रतियोगितामा नगर क्षेत्रका १० वटा वडाले सहभागिता जनाएको छ । विजेता टिमलाई नगद ३५ हजार र उपविजेता टिमलाई नगद २० हजार र सर्वोत्कृष्ट खेलाडीलाई नगद २ हजार र ट्रफिसहित पुरस्कृत गरिने जनाइएको छ ।