निर्वाचन स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउनुपर्नेमा जोड

बिर्तामोड । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले, झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा आयोजित नेपाल आइस पाँचौँ झापा गोल्डकपको समापन समारोहलाई सम्बोधन गर्दै आगामी स्थानीय तहको निर्वाचनमा सवै दलका उम्मेदवारले शत्रुवत नभएर मित्रवत रुपमा प्रतिष्प्रधा गर्न आग्रह गरेका छन् ।

उनले निर्वाचन स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउनुपर्नेमा जोड दिए । नेता सिटौलाले, निर्वाचनमा आचारसंहिताको पूर्णपालना गर्दै, निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउँदै विश्वसामु नेपाल अनुशासित लोकतान्त्रिक पद्धति र प्रगतिको मार्गमा अघि बढिरहेको सन्देश दिनुपर्नेमा जोड दिए ।

खेलकूद कुनै एक राजनीतिक दलको मात्र नभएर सवैको भएकाले यसको विकासमा सवै लागिपर्नुेमा जोड दिदै, यसका लागि स्थानीय तहले विशेष पहल गर्नुपर्ने बताए । कार्यक्रममा रङ्गशालाका लागि जग्गादान गर्ने डोमालाल राजवंशीको परिवारलाई सम्मान गरिएको थियो ।