सेवा निवृत्त कर्मचारी समाजले ६ सय थान माक्स हस्तान्तरण गर्यो

भद्रपुर । सेवा निवृत्त कर्मचारी समाज झापाले भद्रपुर ९ स्थित पशुपति आधारभूत विद्यालयका विद्यार्थीका लागि ६ सय थान माक्स निशुल्क प्रदान गरेको छ ।

कोरोना संक्रमण टरिनसकेको भन्दै रोग सर्नबाट सचेत गराउन समाजले विद्यालयकी प्रधानअध्यापक टिका पोखरेलको रोहवरमा बाल क्लबकी अध्यक्ष निकिता राजवंशीलाई माक्स हस्तान्तरण गरेको हो ।

हिन्दु स्वयम सेवक नेपाल र सेवा इन्टरप्राइजेजको संयोजनमा प्राप्त गरिएको माक्स समाजले सामुदायिक विद्यालयको छनौट गर्ने क्रममा आदिवासी विद्यार्थीको उल्लेख्य संख्या रहेको सो विद्यालयमा अध्ययनरत छात्र छात्राका लागि प्रदान गरिएको समाजका अध्यक्ष धनप्रसाद शिवाकोटीले जानकारी दिए ।

समाजका सचिव चेतनाथ भट्टराईले सहजीकरण गरेको कार्यक्रममा विद्यालयकी प्रधान अध्यापक टिका पोखरेलले धन्यवाद मन्तव्य प्रदान गरेकी थिइन् ।