नेपाल बारको केन्द्रीय उपाध्यक्षमा अधिवक्ता सुरज खत्रीको उम्मेदवारी

भद्रपुर । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनको आसन्न निर्वाचनमा झापा भद्रपुरका अधिवक्ता सुरज खत्रीले प्रदेश १ तर्फको केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

यही चैैत्र १९ गते हुन गईरहेको निर्वाचनमा डेमोक्रेटिक लयर्स एशोसिएशनका तर्फबाट केन्द्रीय उपाध्यक्ष (प्रदेश नं १) पदका लागि खत्रीले उम्मेदवारी दिएका हुन् ।

बार एशोसिएशन झापाका पूर्व अध्यक्ष, भद्रपुर रोटरी क्लबको संस्थापक सचिव समेत रहिसकेका खत्री शिक्षण कार्यमा पनि सकृय रहेका छन् । विभिन्न सामाजिक संघ संस्थमा आवद्ध खत्री वाणिज्य कानुनमा स्नातकोत्तर गरेका व्यक्ति हुन् । उनले आफ्नो कार्यकाललाई कानुन व्यवसायीको समग्र हितमा उभ्याउने भन्दै सवै कानुन व्यवसायीलाई मतदान गरी जिताउन आग्रह गरेका छन् ।