झापामा साढे छ लाख मतदाता

भद्रपुर । झापामा साढे छ लाख मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय झापाले तयार पारेको पछिल्लो तथ्यांक अनुसार झापामा ६ लाख ५० हजार २५८ जना मतदाता रहेका हुन् ।

झापाको मेचीनगर नगरपालिकामा सबैभन्दा धेरै ९० हजार ८२६ मतदाता रहेका छन् भने सबैभन्दा कम गौरीगञ्ज गाउँपालिकामा २३ हजार ७४५ जना मतदाता रहेका छन् । जिल्लामा २८६ वटा मतदान स्थल रहने छ भने ७६० वटा मतदान केन्द्र रहने कार्यालयले जनाएको छ ।

जिल्लामा फागुन १९ देखि २३ गतेसम्म मतदाता नामावली अद्यावधिक हुने र सोका लागि १५ वटै पालिकाका १३१ वटा वडामा मतदाता नामावली टाँससँगै सोमा दाबी विरोध समेत हुने कार्यालयले जनाएको छ । मतदाता नामावली अद्यावधिकका लागि जिल्ला प्रशासन कार्यालय झापामा आज सर्वदलीय अन्तरक्रिया समेत भएको छ । अन्तरक्रियामा मतदाता नामावली अद्यावधिकमा सबै दलले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।