क्यान्सर पीडितलाई बाह्रदशी जेसीजद्वारा सहयोग

बाह्रदशी ।  क्यान्सर पीडित बाह्रदशी–५ निवासी सूर्य कुमारी राईकी आमालाई बाह्रदशी जेसीजद्वारा दश हजार ५ सय नगद सहयोग जेसीजका सदस्यहरुको उपस्थितीमा हस्तान्तरण गरेको हो ।

नेपाली कांग्रेस बाह्रदशी–५ का वडा सभापति जीवन कुमार धमलाको प्रमुख अतिथ्यता तथा बाह्रदशी जेसीजका अध्यक्ष पुष्पलाल धमलाको सभापतित्वमा सम्पन्न आर्थिक सहयोग वितरण कार्यक्रमको संयोजन शाखाका कार्यकारिणी उपाध्यक्ष लक्ष्मी प्रसाद उप्रेतीले गरेका थिए ।

“मानवताको सेवा, जीवनको सर्वाेत्तम कार्य हो” भन्ने जेसीज आस्थालाई अनुसरण गर्दै जेसीज सदस्यहरुबाट संकलित रकम पीडित राईको उपचार खर्चमा सहयोग हुने भनि हस्तान्तरण गरिएको कार्यक्रम संचालक शाखाका महासचिव टंक बहादुर कार्कीले जानकारी गराए ।