बाह्रदशी जेसीजको प्रथम पद हस्तान्तरण
भद्रपुर । बाह्दशी जेसीजको प्रथम पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।
बाह्रदशी जेसीज सन् २०२१ का अध्यक्ष विगम श्रेष्ठको गलामा रहेको जेसीज अध्यक्षीय चेन बाह्रदशी जेसीजको साधारण सभा तथा शाखा अधिवेसनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका सन् २०२२ का अध्यक्ष पुष्पलाल धमलाको गलामा पहिर्याएर पद हस्तान्तरण गरिएको थियो ।
बाह्रदशी जेसीजको साधारण सभा तथा शाखा अधिवेसनबाट सन् २०२२ को अध्यक्षमा पुष्पलाल धमला, कार्यकारिणी उपाध्यक्षमाद्वय लक्ष्मीप्रसाद उप्रेती र खगेन्द्र सुवेदी, उपाध्यक्षमा नवराज दाहाल, सन्तोष कुमार महतो (अनिल), तीर्थराज कोइराला, सदिक्षा खड्का, निर्वाचित भएका थिए ।
सन् २०२२ को अध्यक्षमा चयन भएसँगै अध्यक्ष धमलाले महासचिवमा टंकबहादुर कार्की, कानूनी सल्लाहकारमा तीर्थप्रसाद काफ्ले , कोषाध्यक्षमा सोमनाथ बजगाईंलाई मनोनित गरेका थिए ।
कार्यक्रममा बाह्रदशी जेसीज सन् २०२१ का अध्यक्ष विगम श्रेष्ठले सन् २०२२ का अध्यक्ष पुष्पलाल धमलालाई शपथ ग्रहण गराएका थिए भने सन् २०२२ का अध्यक्ष धमलाले निर्वाचित तथा मनोनयन गरिएका पदाधिकारीहरुलाई शपथ ग्रहण गराएका थिए ।कार्यक्रममा बाह्रदशी जेसीज सन् २०२१ का अध्यक्ष विगम श्रेष्ठलाई निवर्तमान अध्यक्षमा पदस्थापन गरिएको थियो ।
बाह्रदशी जेसीज सन् २०२१ का अध्यक्ष विगम श्रेष्ठको अध्यक्षता तथा नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सुनिल तिम्सिनाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक तथा उपाध्यक्ष प्रकाश फुयाँलले स्वागत गरेका थिए । बाह्रदशी जेसीजका प्रकरण निर्देशक सदिक्षा खड्काले आस्था वाचन गरेको कार्यक्रममा भिष्म प्रसाईंले जेसीआई मिसन भिजन र भिजन वाचन गरेका थिए ।
कार्यक्रममा आफ्नो कार्यकाल सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै बाह्रदशी जेसीज सन् २०२१ का अध्यक्ष विगम श्रेष्ठले उत्कृष्ट बोर्ड पदाधिकारीमा उपाध्यक्ष सोमनाथ बजगाई, उत्कृष्ट संयोजकमा सदस्य बृद्धि संयोजक प्रदिप चापागाई, उत्कृष्ट कार्यक्रम संयोजकमा म्याराथु दौड कार्यक्रमका संयोजक संजय शाह, उत्कृष्ट सदस्यमा अश्विन देउजालाई कदर पत्र प्रदान गरेका थिए । त्यसै गरी बाह्रदशी जेसीजको प्रतिनिधित्व गर्दै बिरता जेसीजद्वारा आयोजित मिस झापा २०२१ मा सहभागि भएका सविना श्रेष्ठलाई सम्मान गर्दै बाह्रदशी जेसीजलाई स्थापना गर्नका निम्ती मातृत्व प्रदान गर्दै पूर्णता दिलाउन सफल भएकोमा सुरुङ्गा जेसीजलाई कदर पत्रले सम्मान गरेका थिए ।
कार्यक्रममा बाह्रदशी जेसीज सन् २०२१ का अध्यक्ष विगम श्रेष्ठले अध्यक्ष्यीय मन्तव्य राख्दै आफ्नो कार्यकालमा बाह्रदशी जेसीजले रचनात्मक कार्य गरेको जानकारी गराउँदै सहयोग गर्ने सवैलाई धन्यवाद दिएका थिए । कार्यक्रममा नेपाल जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष कुमारसिंह साँवा, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा बाह्रदशी जेसीजका सन् २०२२ का अध्यक्ष पुष्पलाल धमलाले सन् २०२२ मा बाह्रदशी जेसीजले सामाजिक तथा मानवीय सेवाको क्षेत्रमा काम गरी आफ्नो कार्यकालमा बाह्रदशी जेसीजलाई नयाँ उचाई प्रदान गर्ने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रमको सञ्चालन बाह्रदशी जेसीज सन् २०२१ का महासचिव तीर्थप्रसाद काफ्ले र सन् २०२२ का महासचिव टंकबहादुर कार्कीले गरेका थिए ।