प्रकाश एकता कृषि सहकारीको अध्यक्षमा गोपालप्रसाद श्रेष्ठ

भद्रपुर । भद्रपुर ९ स्थित प्रकाश एकता कृषि सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभाले गोपालप्रसाद श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति निर्वाचित गरेको छ ।

४ वर्षे कार्यकालका लागि सभाले उपाध्यक्षमा मञ्जु पोखरेल, सचिव शालिग्राम नेपाल र कोषाध्यक्षमा चन्द्रबाहादुर कार्कीलाई निर्विाचित गरेको हो ।

यसैगरी समितिको सदस्यहरूमा क्रमशः नुतन ढकाल, संगीता ढकाल कोइराला, रमा दाहाल न्यौपाने, ऋषिराम सुवेदी, नारायणप्रसाद दाहाल र सन्तवीर खाती निर्वाचित भएका छन् ।