खेतको खोल्सीमा एक जना पुरुष मृत भेटिए

भद्रपुर । झापाको कनकाई नगरपालिका १ स्थित खेतको खोल्सीमा एक जना पुरुष मृत भेटिएका छन् । घर निर्माण कार्यमा कार्यरत सोही ठाउँका ४८ वर्षीय वेनुप्रसाद उप्रेती आज बिहान ६ बजे तिर खोल्सीमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुरुङाले जनाएको छ । प्रहरीका अनुसार हिजो दिउँसो ३ बजे देखि वेपत्ता भएका उप्रेती घर नजिकैको खोल्सीमा आज विहान घोप्टो परेर मृत अवस्थामा फेला परेका थिए ।

माछा मार्न भन्दै घरबाट हिडेका उप्रेतीको करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्युभएको हुन सक्ने स्थानीयले आंशका गरेका छन् । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।