शब्द शक्तिले व्यवस्थामा आमूल परिवर्तन गर्न सक्छ ˸ विश्वप्रकाश

भद्रपुर  । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले साहित्यमा प्रयोग हुने शब्दको शक्तिले व्यवस्था उथलपुथल पार्न शक्ने तगतमा रहने बताएका छन् ।

भद्रपुर १० चन्द्रगढी स्थित वीपी चौकमा कवि खगेश्वर कोइरालाद्वारा लिखित यात्रा कविता संग्रहको विमोचन गर्दै शर्माले मकैको खेती शब्दकै कारण जहानियाँ राणा शासन अन्त्य भएको स्मरण गर्दै व्यवस्था उथलपुथल पार्न शब्द शक्ति महत्वयूर्ण रहेको बताएका हुन् ।

साहित्य र संगीतका स्रष्टा समेत रहेका शर्माले राजनीति नागरिकको उचित व्यवस्थापन भएको तर्क गर्दै साहित्य समाज र संस्कृतिको समुन्नत व्यवस्थापन भएको उल्लेख गरे । शर्माले समृद्ध नेपाल निर्माण गर्न राजनीति र साहित्यको सह अस्तित्व रहनु पर्ने प्रष्ट पार्दै भौतिक पुर्वाधारको विकाससितै साहित्य र कला मार्फत नेपाली मौलिक संस्कृतिको उन्नति र भावनात्मक एकता निर्माण हुने वातावरणको आवश्यकता औंल्याएका छन् । उनले परम्परा र आधुनिकता समयानुकुल मिश्रित हुन सके नेपालको मेची महाकाली बीचमा भावनात्मक एकता कायम हुन सक्ने समेत बताए ।