भद्रपुरमा सभापतिका लागि ५ जनाको उम्मेदवारी, कचनकवल निर्विरोध
भद्रपुर । १४ औं महाधिवेशनका लागि भद्रपुर काँग्रेसको नेतृत्व गर्न नेता कृष्णप्रसाद सिटौला निकट मानिएका ५ जनाले सभापतिको दावेदारी गर्दै उम्मेदवारी दर्ता गरेका छन् ।
नगर समितिको नेतृत्वका लागि साविक चन्द्रगढीबाट वर्तमान नगर उपसभापति ज्ञानबहादुर चौहान, साविक पृथ्वीवी नगरबाट वर्तमान सचिव रामबहादुर कँडेल, साविक भद्रपुरबाट भद्रपुर ५ का वडाध्यक्ष बन्धु कार्की, र भरत प्रसाई तथा साविक महेशपुर गाउँ सभापति मदनबहादुर बस्नेतले नेतृत्व दावी गर्दै भद्रपुर काँग्रेसको सभापतिका लागि उम्मेदवारी दर्ता गरेका हुन् ।
यसैगरी २ वटा उपसभापतिमा रेखा अधिकारी, रमेशचन्द्र झा र भरतचन्द्र गुरूङले उम्मेदवारी दिएका छन् भने २ वटा सचिवका लागि दुर्योधन कार्की, अनिता रिजाल, टेकबहादुर पाण्डे, उत्तम कोइराला, सन्तकुमार राजवंशी र कविन राईले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै २ वटा सहसचिव पदका लागि सन्तोषराज थापा, मनिकुमार राई, दिपेशकुमार साह र नन्दलाल राजवंशीले मनोनयन दर्ता गरेका छन् ।
खुल्लातर्फ रहेको २० सदस्य पदका लागि ४० भन्दाबढीले उम्मेदवारी पेश गरेका छन् ।
यसैगरी कचनकवल गाउँपालिका सभापतिमा तुलाराम अधिकारी निर्विरोध भएका छन् भने २ उपसभापतिमा लालमोहन राजवंशी, झवित मिया र निश्चल दाहाल बीच प्रतिष्पर्धा हुने भएको छ । त्यस्तै सचिवमा रपित शेख, रमानन्द राजवंशी र टेकनाथ पौडेलको उम्मेद्वारी परेको छ भने सहसचिव लगायत सवै सदस्य निर्विरोध भएका छन् ।