काँग्रेस अधिवेशनमा झापा क्षेत्र नम्वर ३ का अधिकाम्स पालिका समितिमा निर्वाचन हुने
भद्रपुर । नेपाली काँग्रेसको १४ औ महाधिवेशनमा झापा क्षेत्र नम्बर ३ अन्र्तगतका अधिकाम्स पालिकाको नेतृत्वका लागि निर्वाचन हुने देखिएको छ ।
४ वटा पालिका रहेको झापा क्षेत्रनम्वर ३ मा सभापतिको एउटा पदका लागि कम्तीमा दुई जनाले दावी नछोडेपछि सर्वसम्मत नेतृत्वको चर्चा निर्वाचन प्रकृयातिर ढल्कन थालेको हो ।
भद्रपुर काँग्रेसको नेतृतवका लागि ८ जनाले दावेदारी प्रस्तुत गरेपछि भद्रपुर नगर समितिको निर्वाचन रोचक मोडमा हुने देखिएको छ ।
नगर समितिको नेतृत्वका लागि जिल्ला सदस्य तोया गड्तौला, उपसभापति ज्ञानबहादुर चौहान, सचिव राम कँडेल, महिला नेतृ सर्मिला अधिकारी, भद्रपुर ५ का वडाध्यक्ष बन्धु कार्की, साविक पृथ्वीनगर गाउँ सभापति मनकुमार कोइराला र साविक महेशपुर गाउँ सभापति मदनबहादुर बस्नेत र युवा नेता भरत प्रसाईले नेतृत्व दावी नछोड्ने देखिएपछि भद्रपुर काँग्रेसमा निर्वाचन हुने निश्चित देखिएको हो ।
यसैगरी हल्दिवारी काँग्रेसको नेतृत्वका लागि दुई जना दावेदार उत्रिएका छन् । उपभसापति तथा हल्दिवारी ४ का वडाध्यक्ष समेत रहेका होमप्रसाद चुडाल र माओवादी छोडेर काँग्रेसमा आएका हल्दिवारी गाउँपालिकाको निर्वाचनमा गाउँपालिकाका अध्यक्ष पदका प्रत्यासी समेत रहेका तुलसीप्रसाद ओलीले आँकाक्षीका रूपमा दावी गर्दै आएका छन् । दुवै जनाले नछोड्ने भएपछि निर्वाचन प्रकृयामै जाने संभावना देखिएको स्थानीय नेता कार्यकर्ता बताउँछन् ।
त्यसैगरी कचनकवल गाउँ समितिका लागि वर्तमान सभापति तुलाराम अधिकारी र पुराना नेता सिताराम खड्काले दावेदारी गरिरहेका भए पनि तुलरामका पक्षमा स्थानीय नेता कार्यकर्ता खुलेरै लागेपछि सर्वसम्मतको प्रयास भइरहेको बताइन्छ ।
यस्तै बाह्रदशी गाउँ समितिमा पनि पूर्व जिल्ला सदस्य इन्द्र बहादुर बस्नेत र निवर्तमान उपसभापति टंक प्रसाद शाहले सभापतिको दावेदारी प्रस्तुत गरेपछि निर्वाचन हुने देखिएको छ ।