झापाका पत्रकार चुनावी मैदानमा

झापा । नेपाली कांग्रेसको आसन्न चुनावमा झापाका पत्रकारहरु समेत मैदानमा उत्रिने सो पार्टी सुत्रले बताएको छ । भदौ १९ गते वडा अधिवेशन सुरु भएपछि गाउँ तथा नगर, क्षेत्रीय र जिल्ला अधिवेशन हुनेछन । चुनावको पहिलो खुड्किलोको रुपमा मानिएको वडा अधिवेशनमा पालिका, क्षेत्रीय र जिल्ला नेतृत्वमा जान चाहनेले उम्मेद्वार बन्नु पर्नेछ ।

सुत्रका अनुसार, झापाका पत्रकारहरु कृष्ण हुमागाई, लोकराज ढकाल, राजेन्द्र गौतम, विष्णु रिमाल, डिल्लीराम घोसाई र मनोज बस्नेत क्षेत्रीय प्रतिनिधिको उम्मेद्वार बन्दैछन् । पत्रकार कृष्ण हुमागाई अर्जुनधारा र राजेन्द्र गौतम गौरादहबाट उम्मेद्वार बन्दैछन् भने लोकराज ढकाल र विष्णु रिमाल मेचीनगरबाट उम्मेद्वार बन्ने भएका छन् । डिल्लीराम घोर्साइ र मनोज बस्नेत कनकाई नगरबाट उम्मेद्वार बन्ने भएका छन् ।