झापामा भाडामा ल्याव र औषधी पसल चलाउने बढ्दै

भद्रपुर । झापामा सञ्चालित अधिकाम्स औषधी पसल तथा ल्याव सेवा नियम विपरित असम्बन्धित व्यक्तिहरूले सञ्चालन गर्ने गरे पनि नियामकले नियमित अनुगमन नगर्दा सर्वसाधारणको उपचारको बाहनामा ठगी भइरहेको छ ।

औषधी व्यवस्था विभागमा दर्ता गर्दा लिइने कागजात पेश गर्ने व्यक्तिले नै औषधी पसल तथा ल्याव सञ्चालन गर्नु पर्ने नियम भए पनि भाडामा असम्बन्धित व्यक्तिहरू मार्फत सञ्चालन भई रहे पनि तथ्यगत अनुगमन नगरिँदा सर्वसाधारण उपचारको बाहनामा ठगिरहेका हुन् ।

पछिल्लो समय क्लिनिक समेत असम्बन्धित व्यक्तिहरूले चलाइरहेको झापामा एक वर्षयता अनुगमन नै हुन नसकेको स्वयम औषधी पसल सञ्चालकहरू बताउने गर्छन् । उनीहरूका अनुसार अनुगमन नाम मात्रको कार्य हो किन कि नियम विपरित सञ्चालनमा रहेका औषधी पसल र ल्यावका सञ्चालकहरूले नगद उपहारको माध्यमबाट आफ्नो बचाउ गर्न पाइरहेका कारण अवैध काम नरोकिएको हो ।