प्रहरीले ३ सय १० लिटर घरेलु मदिरा नष्ट गरेको छ

भद्रपुर । ईलाका प्रहरी कार्यलय गौरीगंज झापाले गौरीगंज क्षेत्रबाट गस्तीका क्रममा विभिन्न समयमा बरामद गरेको ३ सय १० लिटर घरेलु मदिरा स्थानीय, आन्तरिक राजस्व कार्यलयका प्रतिनिधि र पत्रकारको रोहवरमा नष्ट गरेको छ । गौरीगंज आसपासका बजार तथा नेपाल तर्फबाट भारतका विभिन्न बजारहरुमा जर्किनमा राखेर घरेलु मदिरा लादै गरेको अवस्थामा प्रहरीले बरामद गरेको थियो । नेपालका बजारबाट अबैध रुपमा लुकाई छिपाई भारतीय बजार तर्फ लादै गरेको २४ जर्किन घरेलु मदिरा बरामद गरेको थियो । ईलाका प्रहरी कार्यलय गौरीगंजको परिसरमा नष्ट गर्न घरेलु मदिराको बारेमा जानकारी गराई मुचुल्का उठाएर नष्ट गरिएको ईलाका प्रहरी कार्यलय गौरीगंजका प्रमुख राकेश रेग्मीले जानकारी गराए ।