कोइराला र खरेलले छाडे माधवको साथ
भद्रपुर । नेकपा एमाले भित्र माधव नेपाल समुहका प्रभावशाली नेता मानिनु हुने झापाका दुई नेताले नयाँ पार्टी एमाले समाजबादीमा नरहको बताएका छन् । केन्द्रीय सदस्यसमेत रहेका रविन कोइरालाले भने, ‘म नयाँ पार्टी निर्माणमा सहभागि भइन, म हिजो पनि नेकपा एमालेमा थिएं र अहिले पनि नेकपा एमालेमा नै छु ।’ कोइराला एमाले झापाका पुर्व अध्यक्ष तथा नेकपा हुनु अघि एमालेको जिल्ला इन्चार्ज थिए ।
यसैगरी, एमाले भित्र नेपाल समुहका नेता मानिनु हुने झापाका अर्का प्रभावशाली नेता नरेश खरेलले नेकपा एमाले समाजबादी पार्टीको केन्द्रीय सदस्यमा आफ्नो नाम राखेको प्रति असन्तुष्टी जनाएका छन् । झापा आन्दोलनका अगुवा समेत रहेको नेता खरेलले आफुलाई नयाँ पार्टी गठन बारे कुनै जानकारी नभएको बताए । ‘मसंग सल्लाहा भएको छैन’ नेता खरेलले भने, ‘मैले थाहा नपाएको पार्टीको केन्द्रीय सदस्यमा नाम रोखेकामा मेरो सहमति छैन ।’