भेरोसिल ६३११६लाई लगाईयो

जोनसिन खोप झापामा ४७ हजारलाई लगाईने

भद्रपुर । जिल्ला स्वास्थ्य कार्यालय झापाले साउन १२ देखि १९ गतेसम्ममा ५० बर्ष माथिकालाइ लगाइएको भेरोसिल खोपको पहिलो डोज दिएको र हाल ५०– ५४ बर्ष उमेरकालाई साउन २० गते सम्ममा दिईएको जोनसिन खोपको तथ्याङ्ख सार्वजनिक गरेको छ ।

जसअनुसार, झापाका १५ स्थानीय तहका ५० बर्ष माथिकालाइ भेरोसिल खोपको पहिलो डोज ६३११६ जनालाई लगाउने कार्य सन्पन्न भएको छ । यसैगरी ५०–५४ का लाइ साउन २० गते सम्ममा जोनसिन खोप १०११५ जनालाइ लगाइएको छ । यो खोप झापामा ४० हजारले लगाउने अनुमान गरिएको स्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चौंलागाँईले बताएका छन् । ५० देखि ५४ वर्ष उमेर समूहका ४० हजार र भूटानी शरणार्थी, शारीरिक अपाङ्गता भएका मानिसहरुसहित ७ हजार गरी कुल ४७ हजार मानिसले जोनसिनको खोप लगाउने अपेक्षा गरिएको उनले बताए । चौंलागाँईका अनुसार, झापाका १५ स्थानीय तहमा रहेका सरकारी अस्पताल, स्वास्थ्य चौकीसहित ६५ वटा खोप केन्द्रमार्फत यो खोप लगाउने अभियान सञ्चालन भइरहेको छ ।