पानी सर्किएर र करेन्ट लागेर मृत्यु

भद्रपुर । पानी सर्किएर एक युवकको मृत्यु भएको छ । पानी सर्किएर मृत्यु हुनेमा झापाको भद्रपुर नगरपालिका–६ निवासी २४ वर्षीय अर्पण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान साढे ७ बजे आफ्नै घरमा गिलासबाट पानी पिउने क्रममा एक्कासि पानी सर्किएर युवक श्रेष्ठ बेहोस भएका थिए । पानी सर्किएर बेहोस भएका उनलाई उपचारका लागि मेची अस्पताल भद्रपुर लगिएको र उनको उपचारकै क्रममा क्रममा बिहान ८ बजेर ४५ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी, झापाको मेचीनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका ३ निवासी ३१ वर्षीय सरोज किसान रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहीबार दिउँसो घर नजिकैको गँगटे खोल्सीमा विद्युत् प्रयोग गरेर माछा मार्ने क्रममा किसानलाई करेन्ट लागेको थियो । करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।