बिपन्न परिबारलाई ग्यास सिलिन्डर र चुल्हो प्रदान
गौरीगन्ज । झापाको सुदूर दक्षिण पश्चिमस्थित गौरीगन्ज गाउँपालिका १ का बिपन्न परिबारलाई ग्यास सिलिन्डर र चुल्हो प्रदान गरिएको छ । पाँच सन्थालपरिवारसहित ६५ जना गरीब तथा विपन्नलाई चुलोसहितको ग्यास सिलिण्डर वितरण गरेको थियो । वार्ड नं. १ को सिलिङ्ग वजेटबाट ४ लाख रुपैयाँमा उक्त ग्यास चुलो वितरण गरेको हो ।
वार्ड नं. १ का वार्ड अध्यक्ष कार्तिकलाल राजवंशीले ग्यास सिलिण्डरसहतिको चुलो किन्न नसक्ने परिवारलाई खाना पकाउन सहज होस् र दाउराबाट खाना पकाउने झन्झटिलो पक्रियाबाट मुक्त होस् भन्ने उद्येश्यले ग्यास चुलो वितरण गरिएको बताए । वितरण गरिएको ग्यास सिलिण्डरलाई सहि सदुपयोग गरी त्यसबाट लाभ लिन सेवाग्राहीलाई वार्ड अध्यक्ष राजवंशीले अनुरोध गरेका थिए ।
तर, ग्यास चुल्हो पाउने अधिकांशलाई एउटै चिन्ताले सताएको थियो । ग्यास चुलोबाट खाना कसरी पकाउने भनेर ६५ वर्षीया साइली सोरेनले चिन्ता ब्यक्त गरिन । । यो चिन्ता उनलाई मात्र होइन गौरीगंज गाउँपालिका वार्ड नं. १ चौरीका ५ सन्थाली परिवारलाई पनि साइली जस्तै चिन्ता थियो । बाउबाजे देखिनै हामी दाउराबाटै खाना पकाउदै आएका हौं साइलीले भनिन् – ग्यास चुलोबाट कसरी खाना पकाउने ? स्थानीय युवा सोम सोरेनले ग्यासचुलो बाल्न सिकाइदिने भने पछि मात्र उनीहरु ढुक्क भएका थिए । स्थानीय कुलमाया उप्रेतीले, ग्यास सिलिण्डर पाएको आफु खुशी भएको बताउँदै, दाउरा बाल्न नसक्ने र आगो फुक्न नसक्ने गरिब दुःखी तथा जेष्ठ नागरिकलाई ग्यास चुलोले धेरै राहत पुगेको बताइन् ।