लागू औषधसहित तीन जना पक्राउ

भद्रपुर । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट घेराबारी झापाले लागू औषधसहित तीन जना कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड २ बस्ने ३० वर्षीय जीवन द्यौराली , सोही ठाउँका २० वर्षीय सुमन मिश्र र बिर्तामोड ७ का २८ वर्षीय सुरेन्द्र ढकाल रहेका छन् ।

लागू औषध लिएर भारतबाट नेपालतर्फ आउँदै गर्दा उनीहरू भिन्नाभिन्नै समय र स्थानबाट पक्राउ परेका हुन् । सशस्त्र प्रहरीले मे ९ प ४२१८ नं को मोटरसाइकलसमेत बरामद गरेको छ । तीन वटा लागू औषधको घटनामा एउटामा एक जना र अर्कोमा दुई जना पक्राउ परेका हुन् । तेस्रो घटनामा भने कारोबारी झोला छोडेर भारततर्फ नै फरार भएको सशस्त्र प्रहरी बलले जनाइएको छ ।