खाँडादेवी जेसीजको लर्निङ थ्री डे सम्पन्न

काठमाण्डौ । खाँडादेवी जेसीजको आयोजनामा तीन दिने भर्चुअल तालिम सम्पन्न भएको छ ।

लर्निङ थ्री डे नाम दिइएको कार्यक्रममा फरक दिन फरक विषयमा रहेर फरक प्रशिक्षकले प्रशिक्षण दिदै सम्पन्न गरिएको हो ।

कार्यक्रममा पहिलो दिन ‘’नेतृत्व विकासमा सिर्जनाको भूमिका ‘’विषयमा नेपाल प्रज्ञाप्रतिष्ठानका प्रज्ञ डा. देवी नेपालले प्रशिक्षण दिनु भएको थियो भने कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष जेसिआई सेनेटर अरुणेश्वर खनाल रहनु भएको थियो ।

त्यसैगरी दोस्रो दिन “समावेशी समाज निर्माणमा युवाहरुको भूमिका” विषयमा नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका प्राज्ञ धिरेन्द्र प्रेमर्षि झाले प्रशिक्षण दिनुभएको थियो भने प्रमुख अतिथि खाँडदेवी गाँउपालिकाका प्रमुख प्रेम तमाङ रहनु भएको थियो ।

त्यस्तै तेस्रो दिन “सूचना र संचार क्षेत्रमा युवाहरुको भूमिका” विषयमा नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बलले प्रशिक्षण दिनुभएको थियो भने प्रमुख अतिथि आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल रहनु भएको थियो ।

हरेको ठाउँमा युवारुको ठुलो योगदान हुने भएकोले युवालाई अगाडि बढाउन तालिम तथा प्रशिक्षणको आवश्यकता हुन्छ भन्ने हेतुले उत्त कार्यक्रमहरु राख्दै आएको कुरा खाँडादेवी जेसिजका अध्यक्ष जेसी होमराज श्रेष्ठ बताउनु हुन्छ ।