झापामा २ दिनमा ४८७ संक्रमित ८ को मृत्यु
भद्रपुर । जेठ १६ र १७ गते गरी २ दिनमा झापामा २ महिलासहित कोरोना संक्रमणबाट ८ जनाले ज्यान गुमाएका छन् । जसमा दमक नगरपालिका ८ का ७१ बर्षिया पुरुष, मेची नगर वडा १३, ५ र ६का ४३, ६६ र ८३ बर्षिय पुरुष, बुद्घशान्ति ३ की ७७ बर्षिया महिला, बिर्तामोड १ का ७७ बर्षिय पुरुष, अर्जुनधारा ९ का ५४ बर्षिय पुरुष र ३ की ४९ बर्षिया महिला रहेका जिल्ला स्वस्थ्य कार्यालय झापाले जनाएको छ ।
यसैगरी २ दिनमा झापामा २ सय २४ महिला र २ सय ६३ पुरुष गरी ४ सय ८७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । सो कार्यालयका अनुसार झापामा कुल संक्रमितको संख्या १० हजार ४ सय ८९ छ भने डिस्चार्ज हुनेको संख्या ६ हजार १ सय १३ छ । हाल सक्रिय संक्रमितको संख्या ४ हजार ९३ रहेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ४२ पुगेको छ ।