आज झापामा १६३ संक्रमित ६ को मृत्यु
भद्रपुर । आज झापामा २ महिलासहित कोरोना संक्रमणबाट ६ जनाले ज्यान गुमाएका छन् । जसमा अर्जुनधारा नगरपालिका १ज्ञका ४० बर्षिय पुरुष,दमक ५का ७५ बर्षिय पुरुष, बाह्रदशी ६ की ७८ बर्षिया महिला, मेची नगर वडा १०का ६३ बर्षिय पुरुष, हल्दिबारी ४ का ५५ बर्षिय पुरुष र गौरीगन्ज ६की ५७ बर्षिया महिला रहेका जिल्ला स्वस्थ्य कार्यालय झापाले जनाएको छ ।
यसैगरी आज झापामा ७५ महिला र८८ पुरुषगरी १६३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । सो कार्यालयका अनुसार झापामा कुल संक्रमितको संख्या १०१४७ छ भने डिस्चार्ज हुनेको संख्या ५९०० छ । हाल सक्रिय संक्रमितको संख्या ३९७२ रहेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या २३४ पुगेको छ ।