आठ अस्पतालमा २०८ संक्रमित उपचारार्थ

भद्रपुर । कोरोना संक्रमितको उपचारका लागि झापामा ८ वटा अस्पताल उपलब्ध छन् । यी आठ वटा अस्पतालमा रहेका ५१६ बेड मध्ये आजका मितिमा २५८ बेड खाली रहेका जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आठ वटा अस्पताल मध्ये मेची अस्पताल भद्रपुरमा ५६ जना, बि एन सि बिर्तामोडमा ५७ जना, बिर्तासिटि अस्पताल बिर्तामोडमा ४३ जना एडभान्स अस्पताल दमकमा २३ जना, लाइफलाइन अस्पताल दमकमा २३ जना, आम्दा अस्पताल दमकमा ३४ जना, कोभिड अस्पताल दमकमा २७ जना कोरोना संक्रमित उपचाररत छन् । १४ बेड रहेको निम्स अस्पतालमा कोरोना संक्रमित ० रहेको छ ।

झापाका कोरोना फोकल पर्सन जीवन चौंलागाईले बताए अनुसार, उपरोक्त आठ अस्पताल मध्ये मेची अस्पताल भद्रपुर, आम्दमा अस्पताल दमक, लाईफलाइन अस्पताल दमक र कोभिड अस्पताल दमकमा संक्रमितको निशुल्क उपचार हुन्छ भने अन्य चार अस्पतालले सशुल्क उपचार प्रदान गर्ने गरेका छन् ।