सर्वोच्च अदालतमैे बहुमत प्रस्तुत यो नेपालको इतिहासकै पहिलो दृश्य

काठमाडौं । विपक्षी राजनीतिक दलहरुले शीतलनिवासमा पुगेर १४९ सांसदको बहुमत प्रस्तुत गर्दा राष्ट्रपतिले त्यसलाई मान्यता दिइनन् र खारेज गरिन् । अन्ततः दलहरुले सोमबार सर्वोच्च अदालतमा पुगेर १४६ जनाको बहुमत ‘शो’ गरेका छन् । अदालतले बहुमत हेरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि परमादेश जारी गरोस् भन्ने सांसदहरुको माग छ ।

सर्वोच्च अदालतमै प्रतिनिधिसभाका बहुमत सांसद उपस्थित भएर बहुमत प्रस्तुत गरेको यो नेपालको इतिहासकै पहिलो दृश्य हो । सांसदहरुको मागका सम्बन्धमा अदालती कारवाही विहीबार÷शुक्रबारदेखि अघि बढ्ने भएता पनि आम मानिसमा चाहिँ अब के होला भन्ने खुल्दुली तीव्र छ ।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि बहुमत सांसदको हस्ताक्षरसहित शेरबहादुर देउवाले गरेको मागदाबी खारेज गरी प्रतिनिधिसभा विघटन गरिएको भन्दै साविकको प्रतिनिधिसभामा १४६ सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।