झापामा कोभिड उपचारका लागि आठ अस्पतालमा रहेका ४९१ मध्ये २२७ खाली
भद्रपुर । झापामा कोभिड संक्रमितको उपचारका लागि आठ वटा अस्पताल छन् । यी आठ अस्पताल यस प्रकार छन् ः—१. मेची अस्पताल, भद्रपुर—१०६ बेड, २. बि एण्ड सि अस्पताल बिर्तामोड—२०० बेड ३. बिर्तासिटि अस्पताल बिर्तामोड—५२ बेड ४. आम्दा अस्पताल दमक—३४ बेड ५. लाईफलाइन अस्पताल दमक—३० बेड ६ एडभान्स अस्पताल दमक—२५ बेड ७ कोभिड अस्पताल दमक—३० बेड र ८. निम्स् अस्पताल दमक—१४ बेड रहेका छन् ।
यी अस्पताल मध्ये आज ९ गते जेठमा मेची अस्पतालमा ६४ जना, बि एण्ड सिमा ६७ जना, बिर्तासिटिमा ४१ जना, आम्दा अस्पतालमा २९ जना, लाइफलाइनमा १९ जना, एड्भान्समा २१ जनार कोभिड अस्पताल दमकमा २३ जना गरी जम्मा २६४ जना सकोरोना संक्रमित उपचाररत रहेका जिल्ला स्वास्थ्य कायालय झापाले जनाएको छ । यसरी कोभिड उपचारका लागि झापामा आठ अस्पतालमा जम्मा ४९१ बेड मध्ये आजका मितिमा २२७ बेड खाली रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।