अस्पताल चहार्दा चहार्दै ११ बर्षिया राजवंशीको मृत्यु
चारआली । मेचिनगर–१३ चारआलीकि ११ वार्षिया बालिकाको मृत्यु भएको छ । अस्पतालले उपचार गर्न भर्ना नलिएपछि कक्षा ४ मा अध्ययनरत एलिना राजवंशीको मृत्यु भएको हो ।
राजबंशीलाई हिजो बिहान झाडापखाला भएको र दिउँसो ४ बजे पछि बान्ता हुन थालेपछि उनलाई एम्बुलेन्स मार्फत स्थानीय मनकामना अस्पताल लगिएको थियो । अस्पतालले वालिकाको अवस्था नाजुक भएको भन्दै भर्ना नलिएपछि बिर्तामोड स्थित कन्काई र अञ्जली अस्पताल लगिएको तर त्यहाँ पनि अस्पतालले उपचार गर्न नमानेपछि अस्पताल खोज्दा खोज्दै उनको मृत्यु भएको छिमेकी राजु लिम्बुले बताए । उनका बुबा रघुनाथ राजवंशी नेपाली सेना नुवाकोटमा कार्यरत रहेका छन् ।