सरकार ! मलाई एक सिलिण्डर अक्सिजन दे !

—कवि अर्जुन पराजुली

सरकार !

तेरो पानीजहाज लैजा

चुच्चे रेल लैजा

तेरो स्मार्ट–सिटी लैजा

समृद्धिको भेल लैजा

तेरो उद्घाटन लैजा, शिलान्यास लैजा

पाइपबाट घरघरमा ल्याएको ग्याँस लैजा

मेरो बाको औंठी लैजा, घडी लैजा

मेरी आमाको तिलहरी लैजा

सरकार !

यी सबको बदलामा तैँले

मलाई एक सिलिण्डर अक्सिजन दे !