आज झापामा ३७१ संक्रमित ७ जनाको मृत्यु

भद्रपुर २९ बैशाख । झापामा आज ३ महिला र ४ पुरुष गरी कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । मृत्यु हुनेमा भद्रपुर ४का ४८ र ४९ बर्षिय दुई पुरुष र वडा ९की ८८ बर्षिया महिला रहेकीछन् । यसैगरी मेचीनगर १०की ६३ बर्षिया महिला र वडा ६ का ६० बर्षिय पुरुष, बिर्तामोडकी ५३ बर्षिया महिला र कचनकवल ७ का ६० बर्षिय पुरुष रहेकाछन् । योसंगै झापामा कोरोनाबाट मृत्यु हुनेको संख्या १६५ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ६९९२ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाए अनुसार आज झापामा १८९ महिला र १८२ पुरुष गरी ३७१ जनामा कोरोना संक्रमण पोजेटिभ पुष्टि भएको छ । कोरोना पाजेटिभ पुष्टिहुनेहरुमा पिसिआर परीक्षणकाट दमकका १२ महिला १० पुरुष, बिर्तामोडका ४७ महिला ३५ पुरुष, गौरादहका ८ महिला ७ पुरुष, मेची नगरका १४ महिला १३ पुरुष, भद्रपुरका २१ महिला ३५ पुरुष, कनकाइका १५ महिला ९ पुरुष,हल्दिबारीका ४ महिला ४ पुरुष, अर्जजुनधाराका १३ महिला २१ पुरुष,बुद्धशान्तिका १० महिला ९ पुरुष, कचनकवलका २ महिला ३ पुरुष, कमलका ७ महिला ६ पुरुष, शिवसताक्षीका ३ महिला ३ पुरुष, बाह्रदशीका १ महिला ३ पुरुष, झापाका ३ महिला १ पुरुष, अन्य ४ महिला २ पुरुष रहेका छन् । यसैगरी एन्टिजेन परीक्षणबाट दमकका २ महिला ६ पुरुष, गौरादहका २ महिला १ पुरुष, मेचीनगरका २ महिला २ पुरुष, अर्जुनधाराका ११ महिला ५ पुरुष, बुद्धशान्तिका १ महिला, शिवसताक्षीका ३ महिला ३ पुरुष, बाह्रदशीका १ पुरुष र अन्यमा १ महिला १ पुरुष रहेकाछन् ।