झापामा आज १४५ संक्रमित २ को मृत्यु
भद्रपुर २४ बैशाख । झापामा आज कोरोना संक्रमणबाट दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक ३ की आठ दिनकी सुत्केरी ३३ बर्षिया महिला र गौरादह ४ की ५० बर्षीया महिला रहेका जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
यता झापामा आज पिसिआर परीक्षणबाट ५४ जना महिला, ८१ जना पुरुष र एन्टिजेन परीक्षणबाट १ महिला र ९ पुरुष गरी १४५ जना कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले बताएको छ । सो कार्यालयका अनुसार पिसिआर परीक्षणबाट संक्रमण पुष्टि हुनेहरुमा, दमकका ६ महिला १४ पुरुष, बिर्तामोडका १३ महिला १२ पुरुष, गौरादहका ३ महिला ६ पुरुष,भद्रपुरका ७ महिला १० पुरुष, मेचीनगरका ३ महिला ६ पुरुष,कनकाइका ११ महिला ९ पुरुष, हल्दिबारीका १ महिला ५ पुरुष, अर्जुनधाराका १ महिला ४ पुरुष, बुद्घशान्तिका २ महिला ४ पुरुष, कचनकवलका २ पुरुष, कमलका ३ महिला ४ पुरुष, शिवसताक्षीका २ महिला २ पुरुष, बाह्रदशीका १ महिला १ पुरुष र अन्य १ महिला २ पुरुष रहेकाछन भने एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि हुनेमा बिर्तामोडका १ महिला ४ पुरुष, मेची नगरका ४ पुरुष र अर्जुनधाराका १ पुरुष रहेका छन् ।
सो कार्यालयका अनुसार, हाल झापामा सक्रिय संक्रमितको संख्या १२०३ रहेको छ भने मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।