झापामा आज १९० संक्रमित ६ को मृत्यु
भद्रपुर २२ बैशाख । जिल्ला स्वास्थ्य कार्यालयबाट प्राप्त जानकारी अनुसार, कोरोना सङ्क्रमणबाट आज झापामा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका ३ का ४८ वर्षीय पुरुष, मेचीनगर–६ स्थित काँकडभिट्टाकी ५८ वर्षीया महिला, भद्रपुर२ का ७० बषिय पुरुष, दमक १ र २ का ५६ बर्षिय र ७९ बर्षिय पुरुष र बिर्तामो ५ की ७३ बर्षिया महिला रहेका छन् ।
यसैगरी आज झापामा ८३ जना महिला र १०७ जना पुरुष गरी १९० जनामा कोरोना पोजेटिभ पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यी मध्ये पिसिआर परीक्षणबाट ७९ महिला र ९९ पुरुष रहेका छन् भने एन्टिजेन परीक्षणबाट ४ मलिा र ८ पुरुष रहेका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार आज झापाका पिसिआर परीक्षणबाट १४ स्थानीय तहमा कोरोना पोजेटिभ भएका मध्ये, भद्रपुरमा १९ महिला १५ पुरुष, दमकमा ९ महिला २३ पुरुष, बिर्तामोडका १९ महिला २२ पुरुष, गौरीगन्जमा २ महिला ४ पुरुष, मेची नगरमा ५ महिला ५ पुरुष, कनकाईमा ४ महिला १० पुरुष, हल्दिबारीमा १ महिला १ पुरुष, अर्जुनधारामा ४ महिला ५ पुरुष, बुद्घशान्तिमा १ महिला २ पुरुष, कचनकवलमा १ महिला २ पुरुष, कमलमा ४ महिला ५ पुरुष, शिवसताक्षीमा २ महिला १ पुरुष, झापामा २ महिला ३ पुरुष र अन्यमा ६ महिला १ पुरुष रहेका छने भने, एन्टिजेन परीक्षणबाट बिर्तामोडमा १ महिला २ पुरुष, मेचीनगरमा २ पुरुष र झापामा ३ महिला ४ पुरुष रहेका छन् ।