झापामा आज ५७ जना संक्रमित १ को मृत्यु
भद्रपुर १६ बैशाख । झापामा आज पिसिआर परीक्षणका ५० र एन्टिजेन परीक्षणका ७ गरी ५७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनएको छ । सो कार्यालयका अनुसार कोरोना पोजेटिभ पुष्टि हुनेमा २६ महिला र ३१ पुरुष रहेका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार, आज पिसिआर परीक्षणबाट संक्रमण पुष्टि हुनेमा दमकका २ महिला ४ पुरुष,बिर्तामोडका ६ महिला १२ पुरुष, मेचीनगरका ५ महिला ५ पुरुष,भद्रपुरका ४ महिला १ पुरुष, कनर्काका १ महिला १ पुरुष, हल्दिबारीमा १ महिला, अर्जुनधारामा २ पुरुष, गौरीगन्जमा ३ महिला १ पुरुष, शिवसताक्षीमा १ महिलार बाह्रदशीमा १ पुरुष रहेकाछन् । यसैगरी एन्टिजेन परीक्षबाट संक्रमण पुष्टि हुनेमा बिर्तामोमा २ महिला १ पुरुष,गौरादहमा १ महिला र कचनकवलमा ३ पुरुष रहेकाछन् ।
यता आज अर्जुनधारा नगरपालिका ६ कका ३५ बर्षिय एक पुरुको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यसैगरी झापामा तीन पत्रकार कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीका अनुसार पत्रकारहरु पुष्प बराल, नरेन्द्र ढकाल र वीरबहादुर दर्नाललाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
उकता दमक नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराइका अनुसार, दमकमा दोश्रो चरणको कोरोना संक्रमण ह्वात्तै बढेको छ । उनी भन्छन– संक्रमण भुसमा आगो सल्किएझैं बढेको । दमकमा पछिल्लो समय नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, दमक २ का वडाध्यक्षसहित ४९ जनामा संक्रमण पुष्टि भइसकेको छ । ति मध्ये एक जनाको मृत्यु भएको र ३ जना निको भएका छन ।
हाल झापामा सक्रिय संक्रमितको संख्या २८५ पुगेको छ भने मृत्यु हुनेको संख्या १३३ रहेको छ ।