लागुऔषधसहित दुई जना पक्राउ
भद्रपुर १५ चैत । लागुऔषध ब्राउन सुगरसहित झापाको बिर्तामोडमा दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ५ का २५ वर्षीय दिपु चौधरी र बिर्तामोड नगरपालिका ३ का २५ वर्षीय सुवास ताजपुरियालाई १ ग्राम ८०० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित शनिवार अपराह्न ५ बजे पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ ।