झापा नेकपाको साइनबोर्डमा थपियो एमाले

भद्रपुर २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यालयमा एमाले लेखिएको बोर्ड राखिएको छ ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमाले कार्यकर्ताहरूले बिर्तामोडस्थित पार्टी कार्यालयमा मंगलबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको नाम मेटाएर एमाले राखेका हुन् । उक्त कार्यालय तत्कालीन एमालेको नै हो ।