संकटको समाधान निर्वाचन ः कमल थापा

दमक ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले अहिलेको संकट समाधानको उपयुक्त माध्यम निर्वाचन भएको र त्यसलाई अवसरका रुपमा लिनुपर्ने वताएका छन् । मिडीया नेपालले आज विहान झापाको दमकमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दैं अध्यक्ष थापाले देशलाई अस्थिर हुन नदिन ताजा जनादेशनै एकमात्र विकल्प भएकाले त्यसलाई दलहरुले अवसरका रुपमा उपयोग गर्नुपर्ने बताए । निर्वाचनवाट नै अहिलेको राजनीतिक तरलता हट्ने सक्ने भन्दै अध्यक्ष थापाले भने –‘देशलाई स्थिरतामा लैजान ताजा जनादेशनै हो, त्यसमा सवै राजनीतिक दलहरु लाग्नुपर्छ ।’

नेकपालाई सरकार चलाउन जनताले दुई तिहाईको जिम्मेवारी दिएपनि तीनवषमा नै प्रतिनिधिसभा विघठन गरेर सम्बैधानिक संकट आएको उनको भनाई थियो । बर्तमान संकटको निकास भनेकै निर्वाचन भएको बताउदै उनले यदि सरकारले तोकिएको मितिमा निर्वाचन हुन नसके मुलुक थप अस्थिरता तिर जाने र त्यसले बर्तमान व्यवस्थानै थप संकट आउने उल्लेख गरे ।

सरकार सञ्चालनका सम्बन्धमा विशेष परिस्थितिको सृजना भए बर्तमान संविधानले संसद विघटनगर्न सक्ने सम्मको अधिकार दिएको भएपनि दुई तिहाई स्पष्ट बहुमत प्राप्त सरकारले यसरी संसद विघटन गर्न पाउने कि नपाउने भन्ने विषयचाहि संविधानमा प्रष्ट उल्लेख नहुदाँ अहिलेको गतिरोध उत्पन्न भएको उनको भनाई थियो । उनले संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन भएको र त्यसको जस्तोसुकै फैसला पार्टीलाई स्व्ीकार्य हुने स्पष्ट पारे ।

संघीय संरचनामा गएसंगै मुलुकका तयार भएको संघीय संरचनानै गलत भएको टिप्पणी गर्दे उनले हालको संघीय शासन प्रणाली आर्थिक रुपमा समेत महंगो भएकोले आर्थिक रुपमा मुलुकले धान्न नसक्ने प्रष्ट हुदैगएको वताए । जनताले तिरेको कर र विदेशीको ऋण लिएर संघियताको बोझलाई नेपाली जनताले धान्न कठिन हुदै गएको भन्दैं उनले अव संघीयताको बोझलाई अन्त्य गर्न संवैधानिक राजासहित हिन्दुराष्ट्रको विकल्प नभएको बताए ।