प्रतिगमनका विरुद्ध रचना वाचन
दमक । प्रदेश १ स्रष्टाहरुले मुलुकमा भएका सबै खाले प्रतिगमनका विरुद्ध दमकको गणतन्त्र चोकमा रचना वाचन गरेका छन् । मदन पुरस्कार विजेता राजन मुकारुङको प्रमुख उपस्थितीमा पूर्वमा क्रियाशील करिब एक दर्जन स्रष्टाहरुले राष्ट्रिय राजनीतिमा भइरहेको प्रतिगमनकारी कदमका विरुद्ध रचना प्रस्तुत गरे । मुकारुङले साहित्यकार तथा कलाकारहरु देशव्यापी रुपमा अग्रगमनको पक्षमा उभिएको बताउँदै आम नागरिकहरुले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षाका लागि एकपटक स्रष्टाहरु समाजका नागरिक अगुवाहरु सडकमा आउनु परिरहेको बताए । यसअघि २०६२ ०६३ को जनआन्दोलन अघि समेत शुरुमा स्रष्टाहरु तथा नागरिक अगुवाहरु सडकमा उभिएपछि आम नागरिकहरुको समर्थन देखिएको स्मरण गर्दै मुकारुङले पछिल्ला राजनीतिक उपलब्धीका रुपमा प्राप्त संविधानमाथि कुठाराघात सहय नहुने तर्क गरे ।
सो अवसरमा कवि प्रकाश बुढाथोकी, सुमित्रा वाङदेल, विराट किराँती, मनु मञ्जिल, देवान किराँती, सेसेहाङ फियाक , सुन्दर कुरुप, सुनिता तामाङ, रचना लावती लगायतले अग्रगमनका पक्षमा र प्रतिगमनका विरुद्ध रचनाहरु प्रस्तुत गरेका थिए ।