झापा बारको अध्यक्षमा हरि अधिकारी
भद्रपुर ३० माघ । नेपाल बार एशोसिएसन झापाको निर्वाचनवाट हरि अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरिएको छ । एशोसिएसनको सभाहल चन्द्रगढीमा सम्पन्न कानुन व्यावसायीहरुको भेलामा अन्तिम नामावली प्रकाशनमा अधिकारी सहितको टिम बाहेक अन्य कसैले पनि नामावली दर्ता नगरे संगै उक्त कार्य समितिलाई निर्विरोध निर्वाचित गरिएको हो ।
आगामी २ बर्षे कार्यकालका लागि गठित समिति उपाध्यक्षमा कमला आचार्य, सचिवमा हेमकला कट्टेल, सह सचिवमा देवीकुमारी निरौला र कोषाध्यक्षमा खगेन्द्र खरेललाई निर्विरोध निर्वाचित गरिएको छ । यसैगरि सदस्यहरुमा क्रमश : ज्ञानेन्द्रबहादुर कार्की, यज्ञलक्ष्मी चौंलागाई, चेतनाथ आचार्य, लेखनाथ निरौला, मोहनकुमार अधिकारी, विजय ढुङ्गाना, तारादेवी वाराकोटी, र उमाकान्त पोखरेललाई निर्विरोध निर्वाचित गरिएको निर्वाचन समितिका संयोजक सुरज खत्रीले जानकारी दिए ।
त्यसै गरि रामबहादुर थापा, शुरेशकुमार पोखरेल, प्रेमप्रसाद विमिली, बेनु प्रसाद सिटौला, नारायणप्रसाद चौंलागाई, असारुलाल राजबंशी र डमरबहादुर कार्र्कीलाई केन्द्रिय पार्षदमा छनोट गरिएको समितिले जनाएको छ ।
झापा बारमा प्रजातान्त्रिक कानुन व्यावसायी र प्रगतिशिल कानुन व्यावसायीबीच नेतृत्व छनौट लगायतका कतिपय पदहरुमा कार्यगत एकता गर्ने प्रचलन भएसँगै आलोपालोको पद्दतिबाट सहमतिमा कार्य समिति चयन गर्ने परम्परा निरन्तर रहँदै आएको छ । सोही परम्परा अन्र्तगत रहेर बर्तमान नर्या कार्य समिति समेत चयन गरिएको झापा बारले जनाएको छ ।