नेपालमा थप १३४ जनामा कोरोना पुष्टि

काठमाडौँ २८ माघ । देशभर पछिल्लो २४ घण्टामा थप १३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ६३ महिला र ७१ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हालसम्म मृत्यु हुनेको संख्या २ हजार ४७ पुगेको छ ।