उद्योग संघ झापाको २६ औ साधारण

भद्रपुर २६ माघ । प्रदेश नं १ का उद्योगी व्यावसायीहरुले कोभिड–१९ बाट ग्रसित निजी क्षेत्र राजनीतिक दलहरुबाट हुने गरेको बन्द तथा हड्तालले उद्योग व्यावसायहरु धरासायी बन्दै गएको बताएका छन् । उद्योग संघ झापाको २६ औ साधाराण सभाको अबसरमा भेलागढी सामुदायिक वन क्षेत्र हल्दीवारी–२ झापामा सोमवार आयोजित कार्यक्रमका सहभागी उद्योगी व्यावसायी प्रतिनिधिहरुले यस्तो बताएका हुन् । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका सार्क चेम्बर कमर्स एण्ड इण्डष्ट्रीका उपाध्यक्ष एवम् उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले सरकारले पछिल्लो पटक उद्योग व्यावसायीको हित विपरित गएर गरेको निर्णय प्रति निजी क्षेत्र उदाशीन रहेको बताए । उनले सम्पूर्ण उद्योगी व्यावसायीले प्रदेश तथा स्थानीय सरकारकाहरुको समन्वयन र सहकार्यमा उद्योग व्यावसाय संचालन गर्न आग्रह गरे । ढकालले नेपालको उत्पादनलाई सार्क राष्ट्रमा समेत सहज रुपमा निर्यात गर्न आफुहरुले पहल गरिरहेको बताउँदै देशमा भैरहने राजनीतक उथलपुथलले निजी क्षेत्र अघि बढ्न नसकेको धाराणा व्यक्त गरे ।

कार्यक्रममा बोल्दै झापका प्रमुअ जिल्ला अधिकारी श्रवण कुमार तिमसिनाले नेपाल सरकारको परिमार्जीत नितिलाइ व्यावसायीले पालना गर्न आग्रह गर्दै उद्योग सञ्चालनका लागि सुरक्षाको प्रत्याभूति प्रशासनले दिने प्रतिवद्धता व्यक्त गरे । जिल्ला समन्वयन समिति झापाका अध्यक्ष सोम पोर्तेलले प्रत्यक स्थानीय तह हरुमा कम्तिमा एक, एक वटा उद्योगहरु स्थापित गर्न सके समस्याको समाधान हुने बताए । भद्रपुर नगर प्रमुख जीवन श्रेष्ठले भद्रपुर नगरपालिका भित्रका औधोगिक क्षेत्रको समस्या समाधानका लागि नगरपालिका प्रतिबद्ध भएर लाग्ने बताउँदै वार्ड नं. ५ मा उद्योग ग्राम स्थापनाको लागि डिपीआर निर्माण कार्य पूरा भएको बताउँदै आगामी आ.व.वाट निर्माण कार्य प्रारम्भ गरिने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस झापा क्षेत्र नं ३ क्षेत्रीय सभापति गणेश पोखरेल, उद्योग बाणिज्य संघ झापा अध्यक्ष नवराज पनेरु, उद्योग संघ झापाका पूर्व अध्यक्ष उमेश डालमिया, प्रदेश नं एक उपाध्यक्ष भीमवहादुर पौडेल, लगाएतले बोल्दै राजनितिक खिचातानीले उद्योग व्यावसाय निर्धक्क भएर संचालन गर्न कठिन रहेको बताए ।

कार्यक्रममा संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष टिकाराज ढकालले झापामा ५५ प्रतिसत उद्योग संचालनमा रहेको बताउँदै निजी क्षेत्रबाट उत्पादित समान निर्यातमा सीमा नाकामा गरिने ल्यावटेष्ट लगाएतका विभिन्न प्रकृयाले बाह्य निर्यातमा समस्या आएको बताए । उनले आफ्नो कार्यकालमा उद्योगी व्यावसायीको हितमा काम गर्न सफल भएको बताउँदै संघले गरेको गतिविधका बारेमा प्रकाश पारे ।

ढकालको अध्यक्षता तथा प्रेस सल्लकार गोपाल गिरीको संचालनमा सम्पन्न कार्यक्रमको स्वागत वरिष्ठ उपाध्यक्ष यामबहादुर श्रेष्ठले गरेका थिए । चुनावी बार्षिक साधाराण सभा समेत रहेको कार्यक्रममा वनभोजको समेत आयोजना गरिएको थियो । यहि साधाराण सभाले आगामी १५ दिन भित्रमा नया कार्य समिति समेत चयन गर्ने साधाराण सभामा प्रदेश नं १ का उद्योगी व्यावसायी प्रतिनिधिहरुको उल्लेखनीय मात्रामा सहभागिता रहेको थियो ।

यसै अवसर पारेर अग्रज दुईजना पत्रकारलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनमो आर्थिक पत्रिका निर्माण लहर साप्ताहिकका सम्पादक, रेडियो नेपालका झापा सम्बाददाता एवम् आर्थिक पत्रकार समाज झापाका अध्यक्ष रोहित काफ्ले र अग्रज पत्रकार, नागरिक एफएमका समाचार सम्पादक एवम् साप्ताहिक समाचारपत्रका प्रधान सम्पादक गोपाल गिरी रहेका छन् ।