बस र बाइक जुधेर दुइको मृत्यु
भद्रपुर २० माघ । झापाको बिर्तामोडमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । आज दिनको दुई बजेतिर बिर्तामोड नगरपालिका वडा नं. १ पश्चिम बस स्टेन स्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको ना ६ ख १५२० नं। को बसले दक्षिणबाट उतर तर्फ बाटो काट्दै गरेकापैदल यात्री बिर्तामोड नगरपालिका वडा नं. ६ बुट्टाबारी बस्ने वर्ष अं। ३२ को सागर मिश्रलाई (मागि हिडि खाने मानिस ) ठक्कर दिई घाईते भई उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोड पठाईएकोमा अस्पताल पुराउन साथ निजलाई मृत घोषित गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको हो । ठक्कर दिने बस तथा बस चालक बिर्तामोड नगरपालिका वडा नं. ७ बस्ने वर्ष ३८ को रवि पाठकलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनिमा ल्याई राखीएको र घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनिबाट थप अनुसन्धान भई रहेका जनाएको छ ।
यस्तै गौरादह नगरपालिका–४ मा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ । सोमवार साँझ ६ बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १० प ११६७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ४ प २२७२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा घाइते भएका मे १० प ११६७ नम्बरका मोटरसाइकल चालक गौरादह–५ का ३४ बर्षीय होमप्रसाद उप्रेतीको बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।