झापामा आज १६० जनाले कोभिडको खोप लगाए
झापा २० माघ । झापामा कोभिड १९ बिरुद्धको खोप आज सातौंंदिन १६० जनालाइ लगाइएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जसमा ८५ जना महिला र ७५ जना पुरुष रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार, मेची प्रादेशिक अस्पताल भद्रपुरमा ३० जना, अनारमनि नगरअस्पतालमा१०० जना र दमक अस्पतालमा ३० जनालाइ खोप लगाइएको छ ।
यसैगरी झापामा कोरोना संक्रमणको पाजेटिभ दमकमा एक जना पाइएको स्वास्थ्य कार्यलयले जनाएको छ । आजसम्म झापामा कोराना संक्रमणबाट १२६ जनाको ज्यान गएको छ ।